Ad #144479

१५ असोज, काठमाण्डौ। प्रतिनिधिसभा विघटनविरुद्ध उत्रिएका ४ पूर्व प्रधानन्यायाधीशले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा गरेको प्रतिनिधिसभा विघटनविरुद्ध उत्रिएका पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा शुक्रबार सर्वोच्च अदालतले सफाइ दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश सपना प्रधान मल्लको शुक्रबारको संयुक्त इजलासले उनीहरूलाई सफाइ दिएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध उनीहरूले सार्वजनिक वक्तव्य दिएका थिए ।

सो वक्तव्य दिएर पूर्वन्यायाधीशहरूले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ताद्वय लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

सोही रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले रिट निवेदकहरुको मागदावी नपुग्ने भन्दै पूर्वप्रधानन्यायाधीश न्यायाधीशहरूलाई सफाइ दिएको हो ।