ओली समुहको स्थायी र केन्द्रीय कमिटी बैठक आज बस्दै

२५ श्रावण, काठमाण्डौ। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटी बैठक बिहान ११ बजे र अपरान्ह ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने लागेकाे हाे ।

आजको बैठकमा यी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्ने छ । दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको छ । बैठकमा दशौं महाधिवेशनको तयारी केन्द्रित निर्णय गर्ने छ ।

गत साउन ३ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेता माधवकुमार नेपाल समूहसहित २२ सांसदले विश्वासको मत दिएका थिए। त्यसपछि अध्यक्ष ओली र नेपाल पक्षबीच सम्बन्ध झन् बिग्रेको थियो। अध्यक्ष ओली र नेता नेपालालाई भेटवार्ता गराउन एमाले नेताहरू लागिपरे पनि भेटवार्ता भएको छैन।

गएको शुक्रबार सकिएको यो समूहको केन्द्रीय कमिटी बैठकले दश बुँदे सहमतिको आधारमा पार्टी एकता सार्थक निष्कर्षमा पुर्‍याउनुपर्ने निर्णय गरेको छ । तर सहमति नजुटेसम्म ओलीले बोलाएको बैठकमा नजाने यो समूहका नेताहरुले अडान लिदै आएका छन् ।