एमाले विवाद मिलाउन आज दिउँसो फेरि बैठक बस्दै

पार्टीभित्रको विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ। सिंहदरबारमा हिजो बेलुका बसेको बैठक आज पुनः बस्ने गरी सकिएको हो।

हिजोको बैठकमा हालसम्म अनौपचारिक रुपमा छलफल भएका मुद्दाहरुबारे रिपोर्टिङ गर्ने काम भएको बताइएको छ। बैठकले कार्यदल ब्यूँतिनूलाई सकारात्मक रुपमा लिएको छ।

आज बस्ने बैठकमा मुद्दामा केन्द्रीत भएर छलफल हुने नेताहरुले बताएका छन्।

[sidebar name="button post"]