राष्ट्रपतिद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त (नामावलीसहित)

१० असार, काठमाण्डौ। राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुवयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेकी छिन्। भण्डारीले ११ संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी २० पदाधिकारी नियुक्त गरेको जनाएका छन् । केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्को सिफारिशमा राष्ट्रपतिले पदाधिकारी नियुक्त गरेकी हुन् ।

सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेपछि परिषद् सदस्य एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले बैठक बहिष्कार गरेका थिए ।

देउवा र सापकोटाले बैठक बहिष्कार गरे पनि परिषद्ले संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिश गरेको थियो । प्रतिनिधि सभा विघटन गरिएकाले संसदीय सुनुवाइविना उनीहरूको नियुक्ति गरिएको हो ।

नियुक्त भएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई, लोक सेवा आयोगमा पाँच, निर्वाचन आयोगमा एकसहित छन् ।

[sidebar name="button post"]