वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

२३ जेष्ठ, काठमाण्डौ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् । राणाले पुर्नगठित संवैधानिक इजासलमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको अध्यक्षता न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई इलासमा राखिएका छन् ।

बरिष्ठताको क्रममा रहेका हरिकृष्ण कार्कीलाई यसपटक पनि संवैधानिक इजलासमा राखिएको छैन । यसअघि गत पुस ५ गतेको प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धा सुनुवाइका लागि गठित इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीमाथि स्वार्थ बाझिने भन्ने प्रश्न उठे पछि उनि बाहिरएका थिए ।

विगतमा कार्की महान्यायाधिवक्ता रहेका कारण प्रधानमन्त्रीविपक्षी रहेको मुद्दामा स्वार्थ बाझिने भन्दै रिट निवेदकपक्षका कानुनव्यावासायीले प्रश्न उठाएपछि उनले इजलास छाडेका थिए ।