प्रतिनिधिसभा विघटन मुद्दा : नयाँ इजलास गठन गरेर आज सुनुवाइ हुँदै

२३ जेष्ठ, काठमाण्डौ। प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा आइतबार सुनुवाई हुँदै छ । इजलास गठनमा विवाद भएपछि रोकिएको सुनुवाई इजालास पुनर्गठन गर्दै आजबाट सुरु गर्न लागिएको हो ।

इजालासमा तेजबहादुर केसी र बमकुमार श्रेष्ठको योग्यतामाथि वकिलहरुले प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गत जेठ १८ गते सुनुवाई आजका लागि सारिएको थियो ।

इजलास गठनमा विवाद भएपछि प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा न्यायाधीश तोकेर संवैधानिक इजलास गठन गरिने बताएका छन् ।अहिले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरापछि दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठ रोलक्रममा छन्।

हरिकृष्ण कार्की यसअघि पहिलो पटक प्रधानमन्त्री बन्दा ओलीको प्रधानमन्त्री केपी शर्मा ओल कानूनी सल्लाहकार रहेकाले इजालसमा नबस्ने देखिएको छ । उनको ठाउमा इश्वर खतिवडा रहने छन् ।

कार्कीले यस अघि पनि अघिल्लो पटक भएको इजालास गठनमा सूरुमा उनि परेपनि पछि आफै इजास आफै बाहिरिने निर्णय लिएका थिए ।इजालसमा विघटन विरुद्ध परेका र ओलीलाई प्रधानमन्त्री बनाउनु पर्ने भनी उनको पक्षमा परेका गरी कुल ३० रिट उपर सुनुवाई हुँदै छ ।