अमेरिकाले नेपाललाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने

२० जेष्ठ, काठमाण्डौ। अमेरिकाले नेपाललाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

बिहीबार व्हाइटहाउसले नेपाललाई खोप उपलब्ध गराउने घोषणा गरेको काठमाण्डौस्थित अमेरिकी राजदूत रेण्डी बेरीले जानकारी दिएका छन्। उनका अनुसार नेपाललाई कति डोज खोप उपलब्ध गराउने हो भन्ने विषयमा भने छलफल जारी रहेको बताएका छन्। उनले खोपको डोजबारे छिटै जानकारी आउने बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललगायत एसियाली मुलुकलाई खोप उपलब्ध गराउने घोषणा गरेका हुन्। व्हाइट हाउसले २५ मिलियन डोज खोप सहयोगको घोषणा गरेको छ।

 अमेरिकी सहयोग घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी निर्णयको स्वागत गरेका छन्। उनले ट्वीट गर्दै अमेरिकी सहयोगको स्वागत गरेका हुन्।

कोरोनाको दोस्रो लहरको चपेटामा परेपछि नेपाल सरकारले विभिन्न देशहरुसँग खोपका लागि पहल गरिरहेका बेला अमेरिकाले सहयोग गर्ने घोषणा गरेको हो। हालै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्र लेखेर खोप सहयोगका लागि अनुरोध गरेकी थिइन्। पूर्व युजराज्ञी हिमानी शाहको नेतृत्वमा रहेको हिमानी ट्रस्टको अमेरिकास्थित च्याप्टरले पनि खोपका लागि लबिंग गरेको थियो।

[sidebar name="button post"]