एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल-खनाल समूहको पनि केन्द्रीय कमिटी बैठक आह्वान

२० जेष्ठ, काठमाण्डौ। नेकपा एमालेका दुबै समूहले पार्टीको बैठक बोलाएका छन् । एमालेको केपी ओली पक्षले स्थायी कमिटी र नेपाल-खनाल समूहले केन्द्रीय कमिटी बैठक आह्वान गरेका हुन् । खनाल-नेपालपक्षले बिहान ११ बजेका लागि आफ्नो पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको खनाल-नेपाल समूहका नेताहरुले बताएका छन् । २०७५ सालको जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनेबारे दुवै पक्षका दोस्रो र तेस्रो तहका नेताहरुले छलफल गरिरहेको समयमा खनाल-नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुले छलफल गर्न लागेका हुन्

हिजो दिउँसो ४ बजेका लागि बोलाइएको ओली पक्षको स्थायी कमिटी बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । उक्त बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । गत मंगलवार बसेको स्थायी कमिटी बैठकले अन्तिम अवस्थासम्म पार्टी एकता जोगाउन प्रयास जारी राख्ने निर्णय गरेको थियो ।

[sidebar name="button post"]