प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाई ‘हेर्दाहेर्दै’ मा राखियो

१६ जेष्ठ, काठमाण्डौ। प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सुनुवाइलाई ‘हेर्दाहेर्दै’ मा राखेको हो । बहस संवैधानिक इजलास गठनसम्बन्धी विवादमा केन्द्रित भएको थियो ।

संवैधानिक इजलास गठनका सम्बन्धमा उठेको विवादबारे भने इजलासले फैसला गर्न बाँकी छ । संवैधानिक इजलासमा गत शुक्रबारबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाई सुरु भएको हो ।

बहसको सुरुवातमै संवैधानिक इजलासमा रहेका केही न्यायाधीशबारे प्रश्न उठेपछि आइतबार इजलासमा यस विषयमै बहस केन्द्रित गरिएको हो । सुनुवाई सोमबार जारी रहने गरी आइतबार इजलास उठेको हो ।