ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुग्यो

१५ जेष्ठ, काठमाण्डौ। सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले शनिबार अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै आगामी आर्थिक बर्षदेखि मासिक भत्ता ४ हजार पुर्‍याइएको जानकारी दिएका हुन्।

उनले सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बृद्धि गरेको बताए। सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब रुपैयाँ छुट्याइएको जानकारी उनले दिए।