प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

८ जेष्ठ, काठमाण्डौ। सत्तारुढ नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे स्थायी कमिटी बैठक बोलाइका हुन् ।

बैठकमा संसद विघटन पछिको राजनीतिक अवस्था, समानान्तर र पार्टीविरोधी गतिविधि गर्ने नेताहरुमाथिको कारबाहीलगायतका विषयमा छलफल हुने बताइएको छ ।