एमाले स्थायी कमिटी बैठक २ बजे बालुवाटारमा बस्दै

६ जेष्ठ, काठमाण्डौ। नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ः०० बजे बैठक बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा सरकारले प्राप्त गर्ने विश्वासको मत, राष्ट्रियसभा सदस्य उपनिर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।