गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

२६ वैशाख , काठमाण्डौ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले आज साँझ नाटकीय ढंगमा राजीनामा दिएका छन् । मुख्यमन्त्री गुरुङले प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन आइतबार राजीनामा दिएका हुन्।

उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा भोलि सोमबार मतदान हुने तय भएको थियो। उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरेका छन् । अब नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुपर्ने छ ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार बनाउने सहमति जुटिसकेको छ । वहुमत सदस्य यसका पक्षमा छन् । गुरुङले वहुमतको सामना नगरी प्रदेश राजीनामा गर्ने निश्कर्ष निकालेको छ ।

[sidebar name="button post"]