१६ वैशाख, काठमाण्डौ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका ब्यूरो इन्चार्ज माइला लामा जेल बाट छुटेका छन् ।लामा २०७६ साउन ५ गते पक्राउ परेका थिए ।
महानगरीय अपराध महाशाखा, टेकुको टोलीले लामालाई विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट रातको साँढे १२ बजे पक्राउ गरेको थियो ।
काठमाण्डौ लगायत ठाउँमा बम विष्फोटको घटनामा निर्देशन दिन लामाको भूमिका रहेको प्रहरीको दाबी थियो । राजधानीको विभिन्न ठाउँमा बम विष्फोटको घटना भएपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो।
काठमाण्डौ सितापाइलाका लामा तत्कालीन माओवादी फुटेपछि वैद्य नेतृत्वको माओवादी हुँदै विप्लव पक्षमा लागेका थिए। उनी २०६४ को संविधानसभा चुनावमा काठमाडौंबाट उम्मेद्वार पनि भएका थिए।
[sidebar name="button post"]









