१० वैशाख, काठमाण्डौ। नेकपा एमालेले नवनियुक्त स्थायी समिति सदस्य रामबहादुर थापा बादललाई राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनाउने भएको छ ।
बादललाई यसअघि नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि उनको राष्ट्रिय सभा सदस्यको पद गुमीसकेको छ ।
बिहीबार निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त पदका लागि उप निर्वाचनको मिति तोकेको थियो ।
आयोगले थापाको रिक्त स्थानमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ ६ गते निर्वाचनको मिति तोकेको हो ।
[sidebar name="button post"]









