Ad #144479

६ वैशाख, बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका छन् ।

८७ सदस्यीय प्रदेशसभ सदस्य मध्ये माओवादी केन्द्रका २ जना कारबाहीमा परेका छन् । सबभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।

४१ सांसदले हस्ताक्षर गरेर प्रस्ताव दर्ता गरेका हुन् ।