५ वैशाख, काठमाण्डौ। गृहमन्त्री रामबहादुर थापाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
नेकपा माओवादी छोडेर नेकपा एमाले प्रवेश गरेका थापालाई माओवादीले कारबाही गरेपछि उनको राष्ट्रिय सभा सदस्य पद आइतबार खारेज भएको थियो । पद खारेज भएसँगै मन्त्रीबाट मुक्त भएका थिए ।
राष्ट्रपति भण्डारीले थापालाई आइतबार नै मन्त्री पदमा पुनः नियुक्ति गरी गृह मन्त्रालयको जिम्मेवारी तोकेकी थिइन् । थापाले संविधानको धारा ८० बमोजिम मन्त्री पदको सपथ लिएका हुन् ।












