Ad #144479

४ वैशाख, काठमाण्डौ। प्रधानमन्त्री केपी ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् ।

सर्वदलीय बैठकमा कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहलसहित समसामयिक विषयमा छलफल गर्ने तयारी छ । बैठकमा हिउँदे अधिवेशनबारे पनि छलफल हुनेछ । दलका नेताहरुबीच तिक्तता बढेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

पछिल्ला दिनमा कोरोना महामारी बढ्दै गएपछि सरकारले १४ जिल्लालाई अति प्रभावित घोषणा गरेको छ ।