२ वैशाख, काठमाण्डौ। नेकपा एमालेका नेता झपटबहादुर रावलले मध्यराति आफू बसेको घरमा बुधबार राति ढुंगामुढा भएका बताएका छन् ।
नेता रावल पार्टी भित्र नेता माधवकुमार नेपाल निकट मानिन्छन् । उनले बैठकमा भने – मैले राति पटकपटक घरमा ढुँगामुढा भएपछि बानेश्वर प्रहरी बिटमा खबर गरें, तर रेस्पोन्स भएन । पछि वाध्य भएर हनुमान ढोकामा फोन गरेपछि मात्रै प्रहरी आएको हो ।घटना भएको ४५ मिनेटपछि मात्रै प्रहरी घटनास्थल आएको रावलको भनाइ थियो ।
एउटा विधायक जस्तो मानिसको घरमा समेत यस्तो हर्कत हुन्छ भने सामान्य मानिसको के हालत होला ? भन्दै नेता रावलले यसका पछाडि राजनीतिक कारणसमेत हुन सक्ने बताए ।












