२६ चैत्र, काठमाण्डौ। नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा आएर बहस गर्न चुनौती दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद थापाले सरकार बनेको तीन वर्षमा के-के काम भए भन्ने बहस गर्न आफूहरु तयार रहेको बताए हुन् ।
उनले भने,‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु ।’ उनले संसदबाहिर प्रधानमन्त्री अनेकौं भाषण गर्दै हिंडेको तर संसदमा आएर बहस गर्ने हिम्मत नराखेको समेत बताए ।
सांसद थापाले प्रधानमन्त्रीले गफ मात्रै गरेको भन्दै २ वर्ष पहिला बनेको सिन्धुलीको पुल अहिले उद्घाटन गरेको भन्दै आलोचना समेत गरे ।
उनले राष्ट्रिय गौरवका आयोजनाहरुमा सरकारको ध्यान जान नसकेको बताए ।
[sidebar name="button post"]









