२४ चैत्र, काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओली सरकारका चार मन्त्रीलाई सांसद पदबाट हटाउन पत्र पठाएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएका छन् ।
पार्टीले कारबाही गरेसँगै उनीहरु सांसद रहने छैनन् । मओवादी केन्द्रले उनीहरुलाई पार्टीको साधारण सदस्य पनि नहरने गरी निश्कासन गरेको छ ।
राष्ट्रिय सभा सदस्य रहेका गृह मन्त्री रामबहादुर थापा ‘बादल’ को सांसद पद खारेज गर्न भने अर्को दिन पत्र पठाइने बताइएको छ।
[sidebar name="button post"]









