२२ चैत्र, काठमाण्डौ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार बिहान पेरिसडाँडामा बस्ने भनिएको बैठक केही स्थायी कमिटी सदस्य उपत्यका बाहिर भएकाले स्थगित भएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल पनि आइतबार बिहान मात्रै नवलपरासीबाट काठमाण्डौ आइपुगेका हुन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको छ । आइतबारको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने अनुमान थियो ।
तर बैठक स्थगित भएको छ । आगामी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न सक्ने माओवादी केन्द्रका नेता तथा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए ।
[sidebar name="button post"]









