१७ चैत्र, काठमाण्डौ। तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनरावलोकन दिन सर्वोच्च अदालत पुगेका छन्।
अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका अधिकांश स्थायी कमिटि सदस्यहरु सर्वाेच्च पुगेका हुन्।












