जीवन बि.क.
१५ चैत्र, काठमाण्डौ। नेपाल नेपाल कम्युनिष्ट पाटी बिप्लपसंग भएको तिन बुंदे सहमति लामो समय बितिसक्दा पनि कार्यान्वयन नगर्दा र उल्टै जन समुदायलाई झुठो आश्वसन दिएर भ्रम छोड्ने काम भैरहेकाले दैलेखको आठबिस नगरपालिकामा लगातार बुधबार देखि शनिबारसम्म विभिन्न ठाउँमा तीन बुंदे सहमति छिटो कार्यान्वयनको लागि नेपाल कम्युनिष्ट पार्टी दैलेख जिल्लाले कोण सभा कार्यक्रम गरेको छ।

कार्यक्रममा विभिन्न तहका नेता कार्यकर्ता र जनसमुदायको बाक्लो उपस्थितिमा उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि दैलेख जिल्लाका इन्चार्ज दिपेन्द्रले सम्बोधन गर्दै हामी दलाल संसदमा झुक्न गएका होइनौं। वैज्ञानिक समाजबाद स्थापना गर्न वार्तामा आएका हौँ सम्पुर्ण जनसमुदायहरुलाई मिडियाले दिएको झुटो आश्वसनको विश्वास नगर्न अनुरोध गर्दै सरकार र पार्टी बिच भएको सहमति कार्यान्वयन गर्न माग गरेका थिए।










