१३ चैत्र, काठमाण्डौ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । कलंकीस्थित एक पार्टी प्यालेसमा भएको उपलब्ध केन्द्रीय सदस्य र सांसदहरुको बैठकले नेकपा एमालेभित्र बसेर पार्टीलाई बलियो बनाउने निर्णय भएको हो ।
बैठकमा पार्टीलाई गतिशील बनाउन र विधि पद्धितिमा चलाउन पार्टीभित्रै रहेर संघर्ष गर्ने नीतिअनुसार संसदीय दलमा भाग लिएर आफ्ना कुराहरु राख्ने निर्णय समेत भएको छ ।
यसैबीच, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा खनाल-नेपाल समूह पनि सहभागि हुने भएको छ । शुक्रबार कलंकीमा बसेको खनाल नेपाल समूहको केन्द्रीय कमिटी बैठकले संसदीय दलको बैठकमा सहभागि हुने निर्णय गरेको हो ।
एमाले संसदीय दलको बैठक अहिले केहीबेरमा सिंहदरबारमा बस्दैछ । यसअघि पहिलो संसदीय दलको बैठक बहिष्कार गरेको खनाल-नेपाल समूहले दोस्रो बैठकमा सहभागि हुने निर्णय गरेको हो ।











