१३ चैत्र, काठमाण्डौ। कलंकीमा रहेकाे मेघा पार्टी प्यालेसमा नेकपा एमालेका नेपाल-खनाल पक्षकाे बैठक सुरू भएकाे छ । आज बिहान ११ बजेका लागि बैठक बोलाईएको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक केहीबेर अघिदेखि सुरू भएकाे छ ।
कलंकीस्थित मोगा बैंक्वेटमा जारी बैठकमा पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र आगामी रणनीतिबारे छलफल हुने एक नेताले बताए । केन्द्रीय कमिटी बैठकपछि खनाल–नेपाल पक्षले सांसदहरूसँग पनि परामर्श गर्ने छन् ।
आज दिउँसो ३ बजे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले बोलाएको संसदीय बैठकमा जाने नजानेबारे उक्त भेलाले टुंगो लागाउने छ । खनाल–नेपाल समूहमा प्रधानमन्त्री समेत रहेका ओलीले बोलाएको बालुवाटारको बैठकमा जाने नजानेबारे दुई मत देखिन्छ । केही नेताहरु जानुपर्ने पक्षमा देखिन्छन् भने केहि नेताहरु जान नहुने पक्षमा छन् ।
सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गरी साविकको एमालेमा र माओवादी ब्युँत्याएपछि एमालेमा अध्यक्ष र ओली र वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समूहबीच विवाद उत्कर्षमा पुगेको छ ।
ओलीले एमाले ब्युतिँदा पनि एकलौटी निर्णय लिएपछि खनाल–नेपाल पक्षले पार्टीभित्र समानान्तर गतिविधि अगाडि बढाएको छ । खनाल–नेपाल पक्षले केन्द्रीय नेतृत्व बाहेक पार्टी तथा भ्रातृ संगठनमा समानान्तर कमिटी निर्माण गरेको छ ।











