रेशम चौधरी र लक्ष्मण चौधरी लगायतको मुद्दा खारेज गर्न सरकारले छिट्टै वार्ता टोली गठन गर्ने

१२ चैत्र, काठमाडौ। माइतीघर मण्डलामा रेशम चौधरी र लक्ष्मण चौधरी लगायतको मुद्दा खारेजका लागि विरोधसभा गरिएको छ । बिहीबार थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको विरोधसभामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सहभागी भएका छन् ।

माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी थापाले सडकमा बसेर सम्बोधन गरेका छन् । आन्दोलनकारीलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले आन्दोलनकारीको १९ बुँदे समस्या र माग बारेमा सरकारको ध्यान गएको बताए ।

विरोधसभा सहभागी गृहमन्त्री थापाले भने, “सरकारको तर्फबाट म यहाँ उपस्थित छु । तपाईहरुको समस्या समाधान गर्न सरकारले अब छिट्टै वार्ता टोली गठन गर्छ । तपाईंहरुले पनि धर्ना छाडेर वार्ता टोली गठन गर्नुस् । हामी आज नै वार्ता टोली गठन गर्छौं । वार्ता र संवादबाट यसलाई हल गरौँ ।”

थारु कल्याणकारिणी सभाले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाइको माग गर्दै आइतबारदेखि धर्ना दिएका हुन् ।

[sidebar name="button post"]