अझै नौ जिल्लाले कांग्रेस क्रियाशील सदस्यको विवरण पठाउन बाँकी

९ चैत्र, काठमाण्डौ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नौ जिल्लाले कांग्रेस क्रियाशील सदस्यको विवरण पठाउन बाँकी रहेको छ बताएका छन् ।

पार्टी कार्यालयमा सञ्चारकर्मीलाई जानकारी दिदै कांग्रेस केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका संयोजक लेखकले बारा, सिराहा, सप्तरी, धनुषा, बाँके, बर्दिया, रुकुम पूर्व, डोल्पा र रसुवाबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरणको विवरण प्राप्त हुन नसकेको जानकारी दिएका हुन् ।

हालसम्म झण्डै चार लाख क्रियाशील सदस्यता वितरण र नवीकरण भएको नेता लेखकले जानकारी दिए । यसबारे उनले आज पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरुलाई जानकारी गराए। हालसम्म दुई लाख १२ हजार ५१९ जनाको क्रियाशील सदस्यता नवीकरण भएको र एक लाख ८० हजार २७५ नयाँ क्रियाशील सदस्यता वितरण गरिएको उनले बताए ।

महाधिवेशन कार्यतालिकाअनुसार जिल्लाहरुले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको सबै विवरण चैत १० भित्र सबै केन्द्रमा पठाइसक्नुपर्ने थियो । समयमै विवरण नपठाउने जिल्लाले कांग्रेसको आगामी १४औँ महाधिवेशनमा भाग लिन नपाउने प्रावधान छ । अहिले पार्टीमा झण्डै पाँच लाख क्रियाशील सदस्य रहेको नेता लेखकले बताए । पार्टीको आगामी महाधिवेशनसम्म क्रियाशील सदस्यको सङ्ख्या १० लाख पुग्ने उहाँले जानकारी दिए ।

[sidebar name="button post"]