९ चैत्र, काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आफूहरुबीच भएको सहमति कार्यान्वयनको माग गरेका छन्।
सोमबार बालुवाटार पुगेका विप्लवले प्रधानमन्त्री ओलीसमक्ष फागुन २० गते भएको तीन बुँदे सहमति अन्तर्गत आफ्ना साथीहरुको रिहाइ र मुद्दा फिर्ताका लागि आग्रह गरेका हुन्।
ओली र विप्लवबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बुझिएको छ।












