एमालेले साेध्याे माधव नेपालसहित चार नेतालाई तीन दिने स्पष्टीकरण

९ चैत्र, काठमाण्डौ। एमाले महासचिव ईश्वर पोखरेलले माधव नेपालसहित चार नेतालाई तीन दिने स्पष्टीकरण साेधेका छन् । पोखरेलले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन्।

पार्टी कार्यालका कर्मचारी कुमार उप्रेतीले चारै नेताका घरमा स्पष्टीकरण पुर्‍याइएका छ । पार्टी हितविपरीत किन गतिविधी गरेको भनेर तीन दिने स्पष्टीकरण सोधिएको बताइएकाे छ । शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

बैठकमा ओली पक्षधर केन्द्रीय सदस्यहरू सहभागी थिए। फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको र विधान संशोधन गरेको भन्दै नेपाल समूह शनिबारको बैठकमा गएको थिएन।

[sidebar name="button post"]