८ चैत्र, काठमाण्डौ। प्रतिनिधिसभाका समिति सभापतिहरुकाे संयुक्त बैठक सुरू भएकाे छ ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा संघीय संसद प्रतिनिधिसभाका समिति सभापतिहरुसँग अग्निप्रसाद सापकोटाले संयुक्त छलफल गरिरहेका छन् ।
बैठकमा समितिमा प्राप्त भएका विधेयकहरुको अवस्था, प्रतिनिधिसभा अन्तरगतका विषयगत समितिका काम कारबाही लगायतका कार्यसूचिमा छलफल केन्द्रित हुने छ ।












