स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हाँस्यास्पद : भीम रावल

८ चैत्र, काठमाण्डौ। प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओलीले नेकपाका चार जना नेताहरुसँग स्ष्टीकरण सोधेकोमा उनीहरुले त्यसको जवाफ नफर्काउने भनेका छन् । हिजोको संसदीय बोर्डले नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषालसँग स्ष्टीकरण माग्ने निर्णय गरेको थियो । तर नेता रावलले आज सामाजिक सञ्जाल ट्वीटर ह्याण्डमार्फत त्यसको प्रतिकार गरेका छन् ।

उनले भनेका छन् – केपी ओलीजीले मसहित नेताहरुलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अवैध छ । यो उहाँको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो । नेता रावलले ओलीको स्पष्टीकरण आफैंमा अवैध भएकाले नेता नेपाल लगायत कसैले पनि नदिने बताएका छन् । नेकपा एमालेको नवौं महाधिवेशनले आफूलगायत नेताहरु निर्वाचित गरेकोले व्यक्तिगत गुटको भेलाले मागेको स्पष्टीकरणको कुनै हैसियत र अर्थ नरहने भन्दै त्यस्ता कुराको पछाडि लाग्न पर्ने कारण समेत नरहेको उनले उल्लेख गरेका छन् ।

अवैध ढंगबाट सोधिएको स्ष्टीकरणको आफूहरुले विगत अस्वीकार गर्ने पनि नेता रावलले प्रष्ट गरेका छन् । राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएको आवाजबाट त्रसित भई विदेशी गुप्तचर प्रमुखसँग राति मन्त्रणा गर्ने, नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्दै प्रतिगमनको षडयन्त्र गर्ने केपी ओलीजीले अवैध कमिटीको कथित निर्णयबाट मसमेत नेताहरुलाई स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हाँस्यास्पद छ ।

[sidebar name="button post"]