कस्तो कारबाही गर्नुहुन्छ त्यो भोग्न हामी लामवद्ध भएर उभिने छौं : योगेश भट्टराई

३ चैत्र, काठमाण्डौ। नेकपा एमालेको खनाल–नेपाल समूह भोलिको राष्ट्रिय कार्यकर्ता भेला गराएरै छाड्ने पक्षमा रहेको जानकारी दिइएको छ । भोलि र पर्सिका लागि निर्धारित राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रचार संयोजक योगेश भट्टराईले भने–हामीले बोलाएको भेला भएरै छाड्छ ।

आजै बिहान प्रधानमन्त्री केपी ओलीले बोलाएको चियापान कार्यक्रम वहिष्कार गरेको यो समूहले भोलिको भेलापछि मात्रै नयाँ रणनीति तय गर्ने भएको छ । आज प्रधानमन्त्री ओलीले भेला नगर्न चेतावनी दिएको प्रसंगमा भट्टराईले भने – अध्यक्ष ओलीले कस्तो कारबाही गर्नुहुन्छ त्यो भोग्न हामी लामवद्ध भएर उभिने छौं ।

हामी देशै भरिका कार्यकर्ताहरुको राय बुुझ्न खोज्दैछौं, कोही पनि उत्तेजित हुन जरुरी छैन भन्दै पार्टी सचिव भट्टराईले फागुन २८ गते ओली पक्षबाट भएको निर्णय नै सबैभन्दा ठूलो तगारो भएको बताए ।

आफ्ना कार्यकर्ताहरुसँग भेट्दा कारबाही गर्ने कुरा आयो भने सबैजना त्यो भोग्न तयार रहेको पनि उनले प्रस्टाए । हामीले गुटको भेला गरेका हैनौं, एमाले कार्यकर्ताको भेला भएकाले पार्टी अध्यक्ष ओली स्वयं प्रमुख अतिथिका रुपमा आउनुपर्ने उनको तर्क थियो ।

[sidebar name="button post"]