३ चैत्र, काठमाण्डौ। आज दिउँसो दुई बजे एमाले वरिष्ठ नेता माधव नेपाल समूहले पत्रकार सम्मेलन गर्दै छ।
सोमबार अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता र बुधबार र बिहीबार काठमाण्डौमा आयोजना गरिने राष्ट्रिय कार्यकर्ता भेलाको विषयमा जानकारी दिन एमाले वरिष्ठ नेता माधव नेपाल समूहले आज पत्रकार सम्मेलन गर्ने भएको हो ।
मंगलबार दिउँसो दुई बजे ललितपुरस्थित हेरिटेज गार्डेन् सानेपाका पत्रकार सम्मलन गर्न लागिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
पत्रकार सम्मलेनमा बुधबार र बिहीबार दुई दिन काठमाण्डौमा गरिएको राष्ट्रिय कार्यकर्ता भेलाका विषयमा जानकारी दिने बताइएको छ।
[sidebar name="button post"]









