Ad #144479

१ चैत्र, काठमाण्डौ। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले नेकपा एमालेमा गएका नेताहरूलाई कारवाही गर्ने निर्णय गर्ने सम्भावना छ।

केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका रामबहादुर थापा बादलसहितका नेतालाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो। तत्कालीन नेकपा माओवादीका २३ जना नेता नेकपा एमालेमा गएका छन् ।

त्यस्तै माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता आउन भनेको छ । तर मन्त्रीहरू भने फिर्ता आएका छैनन् ।