Ad #144479

२६ फागुन, काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टी ‘माओवादी केन्द्र’ को स्थायी कमिटी बैठक बस्दै छ । आज दिउँसो ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्‍न लागेको हो । सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुने बताइएको छ ।

मंगलबार माओवादीका अध्यक्ष पुष्‍पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग सत्ता समिकरणबारे छलफल गरेका थिए ।

देउवा र भट्टराईसँग भएका छलफलबारे पनि दाहालले बैठकमा जानकारी गराउने माओवादीका एक नेताले बताए । मंगलबार पनि माओवादीको स्थायी कमिटी बैठक बसेको थियो ।