२५ फागुन, काठमाण्डौ। नेपाली कांग्रेस नेता नविन्द्रराज जोशीलाई फेरि भेन्टिलेटरमा राखिएको छ । मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता जोशीलाई शनिबारदेखि फेरि भेन्टिलेटरमा राखिएको हो ।
१३ फागुनमा अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा क्रमिक सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको थियो । तर शनिबार बिहान एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखिएको उपचारमा संलग्न डा. राजीव झाले बताए ।
[sidebar name="button post"]











