२१ फागुन, काठमाण्डौ। प्रधानमन्त्री केपी ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच बालुवाटारमा एक्ला–एक्लै भेटवार्ता भएको छ । बालुवाटार प्रवेश गर्नुअघि विप्लवले आफ्नो पार्टीको वार्ता टोलीका सदस्यहरुलाई भेटेका थिए ।
सरकारी वार्ता टोली र चन्द समूहबीच भएको सम्झौता अनुसार सार्वजनिक हुन नवलपरासीबाट काठमाण्डौ आइपुगेका चन्दले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।
राष्ट्रिय सभागृहमा नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह हुँदैछ । ओली र चन्दले केहीबेरमा सोही समारोहमा सम्बोधन गर्नेछन् । सरकार र चन्द समूहबीच तीनबुँदे सहमति भएको छ । भेटमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा (बादल), संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका थिए ।
यसैगरी विप्लव पक्षबाट नेकपा प्रवक्ता खडक बहादुर बिश्वकर्मा, शुक्रबारै रिहा भएका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र वार्ता टोली सदस्य उदय बहादुर चलाउने (दिपक) रहेका थिए । बालुवाटारमा भेटवार्ता भएसँगै राष्ट्रिय सभा गृहमा ओली र चन्दले केहीबेरमा सोही समारोहमा सम्बोधन गर्नेछन् । सरकार र चन्द समूहबीच तीनबुँदे सहमति भएको छ ।











