नेत्रविक्रम चन्द विप्लव काठमाण्डौ आइपुगे

२१ फागुन, काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाण्डौ आइपुगेका छन्। आज बिहान निजी गाडी चढेर नवलपरासीबाट प्रस्थान गरेका उनी केहीबेर अगाडि काठमाण्डौ भित्रिएका हुन् ।

सुरक्षा स्रोतका अनुसार उनी नागढुंगा नाकाबाट काठमाण्डौ आइपुगेका छन् । उनी शुक्रबार बिहान नवलपरासीमा सार्वजनिक भएका थिए।

दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने छन् । सो समारोहमा शान्ति प्रक्रियामा आउने लगायतका विस्तृत सम्झौतामा दुवैले हस्ताक्षर गर्ने छन् ।

समारोहमा सहभागी हुन विप्लव काठमाण्डौ जान लागेको सूचना पाएपछि प्रहरीले चितवनबाट स्कर्टिङ गरेको थियो । उनी शुक्रबार बिहानै नवलपरासीबाट काठमाण्डौका लागि प्रस्थान गरेका थिए ।

[sidebar name="button post"]