आज दाहाल-नेपाल पक्षको संसदीय दलको बैठक बस्दै, ओली पक्षको २३ गते

२१ फागुन, काठमाण्डौ। नेकपाको संसदीय दलको बैठक बोलाउन दुई पक्षबीच हानाथाप भएको छ। नेकपाको संसदीय दलको बैठक ओली पक्षले आइतबार बोलाएपछि दाहाल-नेपाल पक्षले शुक्रबार नै बैठक बस्न लागेकाे छ । पुनःस्थापित प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो ४ बजे बस्दैछ।

ओली पक्षले बैठक बस्नु एक घण्टा अघि २३ गते ३ बजेका लागि बैठक बोलाएपछि दाहाल-नेपाल पक्षले त्यसअघि शुक्रबार नै बैठक राख्ने तयारी गरेको हाे । गुरुङलाई हटाएर ओलीले नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराईले नेकपा संसदीय दलका १७३ जान सांसदलाई एसएमएस पठाएपछि अर्को पक्ष झस्केको छ। भट्टराईले नेकपा दलमा आबद्ध सबैलाई एसएमएसमार्फत खबर गरेका हुन् ।

गुरुङका अनुसार ओली पक्षकाे संसदीय दलको बैठक २३ गते दिनको ३ बजे लोत्सेहलमा बस्ने छ । संसदीय दलका नेता ओलीले भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त गरेपछि दाहाल-नेपाल पक्षले आपत्ति जनाउँदै आएकाे छ ।

ओलीलाई पार्टीले एक महिनाअघि नै साधरण सदस्यसमेत नरहने गरी कारबाही गरेको दाबी गर्दै प्रचण्डले बिहीबार पत्र पठाउँदै संसदका महासचिवलाई उनले पठाएका कुनै पनि निर्णय कार्यान्वयन गर्न भनेका छन्।

संसद बैठक बस्ने दिन नजिकिदै जाँदा नेकपामा सांसद तानातानको अवस्था सिर्जना भएको छ। दाहाल नेपाल पक्षे ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर कांग्रेसको नेतृत्वमा सरकार बताउने तयारी तीव्र बनाएका छन्।

[sidebar name="button post"]