Ad #144479

१९ फागुन, काठमाण्डौ। सभामुुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ संक्रमणविरुद्धको खोप लगाउनुुभएको छ ।

मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुुगेर आज उहाँले कोरोनाविरुद्धको पहिलो खोप लिनुुभएको हो । पूूर्वप्रधानमन्त्रीद्वय पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुुमार नेपालले पनि आजै बिहान उक्त केन्द्रमा पुुगेर खोप लगाउनुुभयो ।

प्रतिनिधिसभाको आगामी आइतबारदेखि शुुरु हुने सातौँ अधिवेशनमा सहभागी हुुने मन्त्रिपरिषद्का सदस्य, सांसद, सङ्घीय संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई खोपको व्यवस्था गरिएको छ ।