सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि वार्ता टोली गठन गरेको छ।
विप्लव नेतृत्वपको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो।
टोलीमा प्रकाण्डसँगै नेता दीपक चलाउने छन्।
सरकारले वार्ता टोली गठन गरेको सार्वजनिक भए लगत्तै विप्लव समूहले पनि वार्ता टोली गठन गरेको सार्वजनिक भएको हो।













