१७ फागुन, काठमाण्डौ। नेकपा प्रचण्ड-माधव समूहको सचिवालय बैठक अहिले जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसिरहेको हो।
बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।
आगामी राजनीति कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न बैठक बसेको हो। संसद पुनर्स्थापनापछि सरकारले फागुन २३ गते प्रतिनिधिसभा बैठक राख्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
[sidebar name="button post"]









