ओली समूहको स्थायी कमिटी बैठक आज नबस्ने

१३ फागुन, काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको सरकारी निवास बालुवाटारमा आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ।

ओली समूहको बुधबार बसेको बैठकले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने र संसद फेस गरेर अघि बढ्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गृहकार्य गर्नुपर्ने भएकोले केही दिनका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको जानकारी दिए।

[sidebar name="button post"]