नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।

बिहीबार अपरान्ह ३ बजे पार्टी सभापति देउवाको निवासमा पदाधिकारी बैठक बस्ने भएको हो।

सभापति देउवाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न पदाधिकारी बैठक राखेका छन्।

बुधबार नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देउवालाई भेटेर मिलेर जानुपर्ने बताएका थिए।

 

 

[sidebar name="button post"]