१२ फागुन, काठमाण्डौ । नेकपा ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आगामी रणनीति तय गर्न सत्तारुढ नेकपा ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको हो ।
जारी बैठकमा सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरिदिएपछि अब के गर्ने भन्ने विषयमा छलफल हुनेछ। बैठकमा प्रधानमन्त्री ओलीसँगै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि छन् ।
खासगरी नेम्वाङले दिएको सुझावको बेवास्ता गर्दै ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए । तर सर्वोच्चले मंगलबार विघटनविरुद्धको मुद्दामा प्रतिनिधि सभा पुनःस्थापना हुने फैसला गरेपछि प्रधानमन्त्री ओली नैतिक रुपमा संकटमा परेका छन् ।
नेकपाको अर्को समूह प्रचण्ड नेपाल समूहले अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग सहित दबाब दिएपछि प्रधानमन्त्री ओली दबाबमा छन् ।
[sidebar name="button post"]











