१३ दिनभित्रै संसद बैठक बोलाउन सर्वोच्चको आदेश

११ फागुन, काठमाण्डौ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा बिघटन गर्ने निर्णय गैह्रसंवैधानिक रहेको ठहर गर्दै संसद पुनस्थापना गर्ने ऐतिहासिक निर्णय गरेको छ ।

साथै आगामी १३ दिनभित्रै संसद बैठक बोलाउन आदेश दिएको छ । केहीबेर अघि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले फैसला सुनाउँदै प्रधानमन्त्री ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीले लिएको विघटन गैह्रसंवैधानिक भएको ठहर गरेको हो ।

[sidebar name="button post"]