अदालतप्रति उच्च सम्मान रहेको छ : प्रधानमन्त्री ओली

६ फागुन, काठमाण्डौ। प्रधानमन्त्री केपी ओलीले अदालतप्रति आफ्नो उच्च सम्मान रहेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले हुँदै नभएको वा एक अर्थमा बोलेको कुरा वा शब्दलाई अर्को अर्थ लगाइ, बंग्याइ अदालतको अवहेलनाको मुद्दा हालेमा आपत्तिजनक भएको बताउनु भएको छ।

बिहीबार अपहेलना सम्बन्धि मुद्धामा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालत पुग्नु भएका ओलीले अदालतको अवहेलना आफूले कहिल्यै नगरेको बताउनु भएको हो । मौलिक हकमा अतिक्रमण हुने गरी अभिव्यक्ति दिएको भन्ने रिट निवेदकको दाबी निराधार भएको समेत प्रधानमन्त्री ओलीले बताउनु भएको छ ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले ओलीविरूद्ध अपहेलनाको मुद्दा पेश गर्नुभएको थियो । विचाराधीन मुद्दामा टिप्पणी गरेको, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई एक जना बाजे वकिललगायत ओलीले टिप्पणी गर्नुभएको थियो ।

सर्वोच्च अदालतले ओलीलाई सात दिनभित्र आफैँ आएर लिखित जवाफ लिएर आउन आदेश दिएको थियो ।

[sidebar name="button post"]