ओली तानाशाह बन्न खोजे : नेपाल

२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्राधनमन्त्री केपी ओलीको चर्को आलोचना गर्दै उनले तानाशाह बन्न खोजेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा आइतबार तेह्रथुममा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘ यो सबैको मुटु छामेको हो । रामकुमारीलाई पहिले समात्ने, अनि माधवकुमार नेपाल र पुष्पकमललाई गिरफ्तार गर्ने योजना रहेछ ।’

भोलि संकटकाल लगाउने लगायतको आशंका रहेको भन्दै अध्यक्ष नेपालले भने, ‘जनताको अधिकार खोस्ने कुनै कुशासक आयो भने हामी सहने छैनौं ।’ राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले प्रचण्ड माधव समूहकी नेतृ झाँक्रीलाई २९ माघमा पक्राउ गरेको थियो भने साँझ रिहा गरेको थियो । ७ वर्षसम्म जेल सजाय गर्न सक्ने गरी पूर्जी दिएको तर देशभर आगो लाग्ने स्थिति भएपछि सरकारले डराएर साँझ नै छाडेको नेता नेपालले बताए ।

अध्यक्ष नेपालले देशका समग्र समस्याप्रति प्रधानमन्त्री ओलीलाई कुनै चासो र चिन्ता नभएको पनि बताए । ‘मुलुकका सारा समस्यामा छलफल गरौ भन्यो सुन्दैनन, उनलाई एउटै कुराको चिन्ता छ त्यो भनेको प्रधानमन्त्रीमा कसरी टिकिराखौ’ अध्यक्ष नेपालको भनाइ छ ।

[sidebar name="button post"]