प्रचण्ड – माधवले आज तेस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दै

२ फागुन, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक रुपमा विभाजित भएको नेकपाको प्रचण्ड – माधव समूहले आज तेस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दैछ ।

यसका लागि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको नेता विष्णु रिजालले जानकारी दिएका छन् । गत पुष ५ गते प्रधानमन्त्री ओलीले पार्टी भित्रको झगडा व्यवस्थापन गर्न नसक्दा प्रतिनिधिसभा नै विघटन गरेका थिए ।

ओलीको उक्त कदमलाई असंवैधानिक भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल नेतृत्वमा रहेको अर्काे समूहले सर्वाेच्च अदालतमा रिट निवेदन दिएको छ । उक्त रिट निवेदन उपर सुनुवाई जारी छ ।

ओलीको उक्त कदमलाई अन्य राजनीतिक दलहरुलेसमेत असंवैधानिक भनेका छन् । प्रचण्ड–माधव समूहले यसअघि दुई चरणमा सरकारविरुद्ध देशव्यापी प्रदर्शनी गरिसकेको छ ।

[sidebar name="button post"]